Logo
Logo

कर्णाली प्रदेश सरकारप्रति एमालेको समर्थन कायमै छ : योगेश भट्टराई


दृष्टि संवाददाता

14.5k
Shares

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारप्रति आफ्नो पार्टीको समर्थन कायमै रहेको बताएका छन् ।

ललितपुरमा बुधबारदेखि सुरू (खनाल-नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलाबारे ब्रिफिङ गर्न आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कर्णाली प्रदेशमा अहिलेसम्म आफूहरूले सरकारको समर्थन फिर्ता नलिएको प्रस्ट पारेका हुन्।

‘कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादी सम्मिलित सरकार छ। र नेकपा माओवादीका नेता त्यहाँका मुख्य मन्त्री हुनुहुन्छ। नेकपा एमालेका साथीहरू पनि त्यो सरकारमा सामेल हुनुहुन्छ। त्यो सरकार प्रतिको समर्थन अहिलेसम्म कायम छ,’ उनले भने।

बुधबार सुर्खेतमा केपी शर्मा ओली पक्षीय एमाले संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महेन्द्र बहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

यो सँगै बैठकले एमालेको तर्फबाट सरकारमा गएका तीनजना मन्त्री प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढालाई पनि फिर्ता बोलाउने निर्णय गरेको थियो। उक्त दलको बैठकमा तीन जना मन्त्रीसहित झलनाथ खनाल-माधव नेपाल समूहका सांसद उपस्थित थिएनन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000