Logo
Logo

नेपालकाे अवधारणापत्रमा छलफल गर्न १० समूह बनाइयो


दृष्टि संवाददाता


काठमाडाैं । बुधबारदेखि काठमाडौँमा जारी नेकपा (एमाले) खनाल–नेपाल समूहको राष्ट्रिय भेलामा वरिष्ठ नेता माधव नेपालबाट प्रस्तुत भएको अवधारणापत्र छलफलका लागि १० समूह बनाइएको छ ।

नेता नेपालले प्रस्तुत गरेको नौ पृष्ठ लामो अवधारणापत्रमा छलफलका लागि सहभागीहरुलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेसागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको हो ।

आ–आफ्नो समूहमा छलफल गरी टोली नेतामार्फत बिहीबार सुझाव पेस गर्ने र ती सुझावलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने निर्णय भएको सो समूहका प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सहभागीको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्न प्रदेश १ मा भीमप्रसाद आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्टलाइर् जिम्मेवारी दिइएकाे छ । यस्तै, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीम रावल, सम्पर्क कमिटीमा बेदुराम भुसाल, जनसंगठन तथा पेसागत संगठनमा रघुजी पन्त र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्