Logo
Logo

नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने : शर्मा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।

काठमडौंमा आयोजित एक कार्यक्रमालाई सम्बोधन गर्दै उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भोलि फेरि एकता पनि हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।

उनले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भएपनि त्यो एजेण्डा नभएको बताए । अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि उनले बताए । नेता शर्माले देशको राजनीतकि परिस्थिति अलि अलि गम्भीर नै रहेको उल्लेख गरे ।

साक्षात्कामा नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरु पार्टीलाई एक ढिक्का बनाएर लैजानेगरि अघि बढेको बताए । उनले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न अपिल गरेको पनि बताए ।

सर्वोच्च अदालतको फैसला अनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएको सुनाउँदै त्यसपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको पनि अधिकारीले बताए ।

साक्षात्कारमा कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने बताए । अहिले मुलुक अन्यौलको अवस्थामा रहेको र यसको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै रहेको उनको आरोप छ ।

उनले अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुई थरि धारणा रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्