Logo
Logo

धुम्बाराहीबाट एक करोड ८५ लाख जरिवाना भएका व्यक्ति पक्राउ


दृष्टि संवाददाता


काठमााडौं । रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीले झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका ढुङ्गानालाई मङ्गलबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगोबमोजिम रु एक करोड ८५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका ढुङ्गानालाई मङ्गलबार धुम्बाराहीबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका ढुङ्गानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए।

उच्च अदालतले ढुङ्गानालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।

प्रवक्ता पन्तले पक्राउ परेका ढुङ्गानालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्