Logo
Logo

झलनाथ–माधव समूहका सांसदहरुको छुट्टै बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले झलनाथ–माधव समूहले पनि सांसदहरुको छुट्टै भेला राखेको छ । अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएपछि सो बैठकमा सहभागी नहुने निर्णय गरेको झलनाथ–माधव समूहले पनि आफू पक्षीयका सांसदहरुको बैठक बोलाएको हो ।

अहिले बसिरहेको बैठकमा अबको रणनीतिबारे छलफल हुँदैछ । प्रधानमन्त्री ओलीले पनि बिहान ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् ।

ओलीले बोलाएको संसदीय बैठकअघि नै  झलनाथ–माधव पक्षले सांसदहरुलाई बोलाएको हो । बुधबारदेखि सुरु भएको झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै छ । १२० सदस्यीय एमाले संसदीय दलमा झलनाथ–माधव पक्षका ४० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्