Logo
Logo

भिम रावलको असहमतिपछि बालुवाटार हिडेका सांसद बाटोबाटै फर्किए


दृष्टि संवाददाता


काठमाडौं, ५ चैत ।
माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद संसदीय दलको बैठकमा सहभागी हुने/नहुने अन्योलमा परेका छन् । बिहानको बैठकले बैठकमा सहभागी हुने निर्णय गरेको थियो । तर, उपाध्यक्ष भिम रावलले यसमा चर्काे असहमति जनाएपछि सो निर्णय अन्योलमा परेको छ ।


हेरिटेल बैंकेटमा बसेको बैठकले नेता नेपाल र खनाल बाहेक अन्य सांसद सहभागी हुने निर्णय गरेपनि पछि निर्णय उल्टिएको हो ।

धेरै जसो बाटोबाटै फर्किएका छन् भने केही भने बालुवाटार पुगेका छन् । लालबाबु पण्डित, तुलसा थापा लगायत बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार फागुन २८ गतेको निर्णय फिर्ता नलिएसम्म ओलीले बोलएको बैठकमा नजाने सो समूहको रणनीति छ । तर, ओली गल्ने पक्षमा देखिएका छैनन् । जसकारण दुई पक्षको टकराव बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्