Logo
Logo

बालुवाटारमा ओली पक्षको संसदीय दलको बैठक, बोर्ड गठनको तयारी


दृष्टि संवाददाता


काठमाडौं, ५ चैत ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षका सांसद मात्र सहभागी भएको एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद भने सहभागी छैनन्। बैठकमा सुरु हुने निर्णय सुरुमा भएपनि पछि सांसदहरुलाई बाटोबाटै फकाईएको थियो । बैठकमा संसदीय दलको बोर्ड गठन र दलको विधान संशोधन सम्बन्धी कार्यदल बनाउने विषयमा छलफल हुनेछ। संसदीय दलको बोर्डमा २७ जना सांसद राख्ने तयारी भइरहेको स्रोत बताउँछ ।

 

प्रतिक्रिया दिनुहोस्