Logo
Logo
माधव–झलनाथ समूह भेलाको निष्कर्ष

‘पार्टी जोगाउन ओलीविरुद्ध संघर्ष एक मात्र विकल्प’


दृष्टि संवाददाता


काठमाडौं । ललितपूरको सानेपामा जारी नेकपा एमाले माधव–झलनाथ समूहको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ ।

राजनीतिक प्रतिवेदनमामाथि छलफल गर्न बनाइएको १० वटा समूहले छलफल गरेपछि छलफलको निर्णय समेत प्रस्तुत भएका छन् । सबै समूहले अहिलेको अवस्थामा पार्टी र कम्युनिष्ट आन्दोलन जोगाउन अध्यक्ष केपी शर्मा ओलीका गलत कदमविरुद्ध संघर्षमा जुट्नुको विकल्प नरहेको धारणा राखेका छन् ।

अधिकांश समूहले पार्टी अध्यक्ष ओलीका कारण नेकपा विभाजन भएको र दुईतिहाइ बहुमतको ऐतिहासिक अवसर गुम्दा कम्युनिष्ट आन्दोलन नै संकटमा परेको निष्कर्ष निकालेका छन् । कम्युनिष्ट आन्दोलन जोगाउँदै बिकास र समृद्धिका लागि कम्युनिष्ट एकताका आजको आवश्यकता बनेकाले विशेष पहल गर्नु पर्ने धेरैको मत रहेको छ ।

समूहगत छलफलमा उठेका प्रश्नहरुको जवाफ वरिष्ठ नेता नेपालले दिएपछि आज नै भेला सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्