Logo
Logo

ओली पक्षका दुई सांसद नेपाल पक्षमा


दृष्टि संवाददाता


बुटवल, ५ चैत ।
लुम्बिनी प्रदेशमा केपी ओली पक्षधर प्रदेश सांसदहरु विष्णु पन्थी र रमा घर्ती माधव नेपाल–झलनाथ खनाल समूहमा लागेका छन् । नेपाल पक्षले गरेको राष्ट्रिय भेलामा यी दुवै प्रदेश सांसदहरु सहभागी भएका छन् ।


यसले लुम्बिनीका मुख्यसचिव शंकर पोखरेललाई समेत धक्का लागेको छ । प्रदेशमा ८७ सांसद छन्,जसमा एमालेका मात्रै ४१ सांसद छन् । बहुमतमा टिकिरहन मुख्यमन्त्री पोखरेललाई कम्तिमा ४४ सांसदको आवश्यक पर्छ । माओवादीले अहिलेसम्म पोखरेललाई दिएको समर्थन फिर्ता लिएको छैन ।

दुई पक्षबीच विवाद बढ्दै गर्दा नेता एक पक्षबाट अर्काेमा लाग्ने क्रम बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्