एमालेले संसदीय दलको विधान संशोधन प्रक्रिया बढायो « Drishti News – Nepalese News Portal
Logo

एमालेले संसदीय दलको विधान संशोधन प्रक्रिया बढायो


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले संसदीय दलको विधान संशोधन प्रक्रिया अघि बढाएको छ । त्यसका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।
बालुवाटारमा बसेको संसदीय दलको बैठकले विशाल भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार कार्यदलमा भट्टराईसहित शेरबहादुर तामाङ, विमला राई पौडेल र अर्का एकजना रहेका छन् ।
बिहीबार बालुवाटारमा बसेको एमालेको संसदीय बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डको प्रमुखमा पार्टीको अध्यक्ष नेता केपी शर्मा ओली रहेका छन् ।
सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनीत भएका छन् ।
दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डमा पदेन सदस्य रहने व्यवस्था रहेको सांसद शेरबहादुर तामाङले जनाएका छन् । उनका अनुसार बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्