Logo
Logo

भाडा बढाउन यातायात व्यवसायीको माग


दृष्टि संवाददाता


काठमाडौं । यातायात व्यवसायीले यातायात भाडा बढाउन माग गरेका छन् । उनीहरुले सरकारसँग चैत तेस्रो हप्ताभित्र भाडा बढाउन आग्रह गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो । उनीहरुले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै यातायातको भाडा पनि बढाउनुपर्ने माग छ ।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।
सरकारले गत २०६५ चैत २० गते तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पाटपूर्जा, टायर, लुब्रिकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिलको ६५ प्रतिशत योगदान रहने आधार तयार गरेको थियो ।
तर सो आधार अनुसार बिमा, कर, बैंक, पाटपूर्जाजस्ता सामग्रीको मूल्यवृद्धिको आधारमा २०६९ सालदेखि हालसम्म भाडा समायोजन नै नभएको महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्