Logo
Logo

प्रधानमन्त्रीका लागि कांग्रेसले हतार गर्दैन : विश्वप्रकाश शर्मा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठनका लागि कांग्रेसले हतार नगर्ने बताएका छन् ।

कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको चर्चा भइरहेका बेला प्रवक्ता शर्माले प्रधानमन्त्री पदका लागि जनीतिक परिस्थिति निर्माण भइनसकेको बताएका हुन् । सरकारको नेतृत्व लिनकै लागि कांग्रेसले हतार नगर्ने बताएका हुन् ।

उनले सभापति शेरबहादुर देउवामा जसरी पनि प्रधानमन्त्री बन्नुपर्छ भन्ने भावना नरहेको बताए । कांग्रेस एक्लैले सरकार ढाल्ने वा बनाउने क्षमता नराख्ने र अन्य दलसँग कुरा मिलिनसकेकोले राजनीतिक निकासका लागि अझै समय लाग्ने शर्माको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्