कांग्रेसको नेतृत्वमा नयाँ सरकार निर्माण हुन्छ : महामन्त्री कोइराला « Drishti News – Nepalese News Portal
Logo

कांग्रेसको नेतृत्वमा नयाँ सरकार निर्माण हुन्छ : महामन्त्री कोइराला


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार निर्माणका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग वार्ता एवं छलफल भइरहेकाले चाँडै निर्णय हुने जानकारी दिए ।

उनले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउँदै तीन दलबीच सहज बहुमत पुग्ने हुनाले वर्तमान सरकार हट्ने दाबी गरे । महामन्त्री कोइरालाले संसद्को निर्वाचनका लागि तीन वर्ष समय रहे पनि नयाँ बन्ने सरकारले निर्वाचनको नयाँ मिति घोषणा गरी आगामी मङ्सिरमा निर्वाचन गर्ने सम्भावना रहेको समेत बताए ।

महामन्त्री कोइरालाले वर्तमान सरकारले संसद् विघटन गरेको हुनाले यसलाई कुनै पनि हालतमा समर्थन नगर्ने प्रष्ट पार्दै विगत तीन वर्षमा जनता खुशी हुने कार्य सरकारले नगरेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्