Logo
Logo

मुलुकलाई निकास दिनका लागि कांग्रेसले भूमिका खेल्नुपर्छ : प्रकाशमान सिंह


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंको घट्टेकुलोस्थित प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले वर्तमान अवस्थामा सरकारको नेतृत्व कांग्रेसले गर्नु परेपनि पछि हट्न नहुने बताए ।

जनताले कम्युनिष्टलाई म्यान्डेड दिए पनि कम्युनिष्ट सरकार असफल देखिएको नेता सिंहको भनाइ छ । उनले संविधान विरोधी र लोकतन्त्र विरोधी काम गर्ने प्रधानमन्त्री ओलीको सरकारलाई छिटो भन्दा छिटो हटाउनुपर्नेमा जोड दिए ।

५ वर्षको म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको वर्तमान अवस्थामा अर्को सरकार बनाएर बाँकी समयमा निर्वाचनको तयारी गर्नुपर्ने आफूहरुको धारणा रहेको उनले बताए । नेता सिंहले राजनीतिलाई सेवा भन्दा पनि स्वार्थ केन्द्रीत गर्दा जनतामा निराशा छाएको बताए।

प्रतिक्रिया दिनुहोस्