Logo
Logo

ज्ञानेश्वरबाट चार लाख घुससहित कर्मचारी पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं महानगरपालिका, वडा नम्बर ३० का सचिव भरत कुमार पोखरेल घुससहित पक्राउ परेका छन् ।

निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग उनले घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई चार लाख घुससहित ज्ञानेश्वरस्थित कार्यकक्षबाटै बिहीबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्