Logo
Logo

एक सचिवको सरुवा, तीन जना सचिवमा बढुवा सिफारिस


दृष्टि संवाददाता


काठमाडौं, ५ चैत ।
बिहीबार तीन सहसचिवको सचिव बढुवामा सिफारिस भएको छ भने एक सचिवको सरुवा भएको छ ।
न्याय सेवा आयोगको बैठकले न्याय सेवाका सचिवको सरुवा र बढुवा सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा उदयराज सापकोटाको सरुवा गरेको छ । मन्त्रालयका सचिव ऋषि राजभण्डारीको न्यायाधीशमा रिक्त भएपछि सचिव पद रिक्त थियो । सापकोटा सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत थिए ।


त्यस्तै सहन्यायाधिवक्ता श्याम कुमार भट्टराई र उर्जा मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीको सचिव बढुवामा सिफारिस भएको छ । बैठकले न्याय तथा सरकारी वकिल समुहका केही उपसचिव र अधिकृतको पनि सरुवा गरेको छ ।


उता, लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा रहेको बढुवा समितिले एक जना सचिव बढुवाका लागि सहसचिव डा. मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । सचिवको एक रिक्त पदमा तीन जनाको नाम सिफारिस भएको हो ।
बढुवाका लागि सिफरिस भएका सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा, रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र पाण्डे उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमामा कार्यरत छन् । तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ।
पौड्याल यसअघि दुइ पटक बढुवाका लागि सिफारिस भइसकेका छन् । यस अघि बढुवा भएर प्रदेश १ को प्रमुख सचिवको जिम्मेवारीमा रहेका सुमन अर्याल र लुम्बिनी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका भरतमणी सुवेदीको बढुवा सिफारिस हुदाँ पौड्याल सिफारिस भएका थिए । चैत दुइ गते गण्डकी प्रदेश प्रमुख सचिवबाट बिष्णु प्रसाद नेपालले अवकाश पाएपछि एक सचिवको पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्