Logo
Logo

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले प्रतिवेदन पेश गर्ने


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री ओलीले प्रतिवेदन पेश गर्ने तालिका रहेको छ । प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पेश हुने कार्यसूची छ । यी बाहेक आजको बैठक पनि ठोस छलफलमा केन्द्रित हुने सम्भावना नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्