Logo
Logo

माधव नेपालले बोलाए एमाले प्रदेश २ केन्द्रीय सदस्यको बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज प्रदेश २ का केन्द्रीय सदस्यहरुसँग छलफल गर्दैछन् । आफ्नै निवासमा बोलाएर उनले प्रदेश २ बाट प्रतिनिधित्व गर्ने एमाले केन्द्रीय सदस्यहरुसँग अबको रणनीतिबारे छलफल गर्ने एक नेताले जानकारी दिए ।

ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको भोलिपल्ट नेता नेपालले छलफल तीव्र पारेका हुन् । प्रदेश २ मा एमाले केन्द्रीय सदस्य १५ जना रहेको माधव–झलनाथ समूहले जानकारी दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्स्थापना हुनासाथ गत फागुन २८ गते आफ्ना पक्षका केन्द्रीय सदस्यलाई मात्र बोालाएर एकैदिन दुइटा बैठक गरी माधव–झलनाथ पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेपछि विवाद तीव्र बनेको हो।

प्रतिक्रिया दिनुहोस्