Logo
Logo

दक्षिणकालीको चाल्नाखेलमा दुई पुरुषको शव भेटियो


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । यसबारे खबर पाएलगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौंबाट प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोली त्यसतर्फ गएको छ ।
अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताएका छन् । उनका अनुसार दुवैको मुखबाट फिँज निस्किएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्