Logo
Logo

महान्यायाधिवक्ता खरेलको राजीनामा


दृष्टि संवाददाता


काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन् । *शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन् ।
खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए । खरेल २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए ।
प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्वमहासचिवसमेत हुन् ।
स्रोतका अनुसार उनीमाथि प्रधानमन्त्री ओलीले राजीनामा दिन दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्