Logo
Logo

रेशम चौधरीको रिहाइलाई ‘लेनदेन’ को विषय नबनाऔं : राजकिशोर यादव


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले रेशम चौधरीको रिहाइसम्बन्धी मागलाई सत्ताका लागि ‘लेनदेन’ को विषय नबनाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले सरकारलाई रेशम चौधरीको विषयलाई सिके राउत र नेत्रविक्रम चन्दकोभन्दा फरक रुपमा नबुझ्न आग्रह गरे ।

‘संविधान संशोधनको कुरा गर्दा सरकारमा आइदिनुपर्‍यो भन्ने कुरा हुन्छ। रेशम चौधरीको विषय सरकारको लेनदेनको विषय बन्नु हुँदैन। नत्र त्यो राजनीतिक बेइमानी हुन्छु,’ यादवले भने, ‘जसरी विप्लव र सिके राउतसँग व्यवहार भयो। थरुहट आन्दोलनमा सम्पूर्ण आन्दोलनकारीसँग राजबन्दी सरह, राजनीतिक समस्या समाधान गरे जसरी समाधान गर्नुपर्छ।’

उनले आफ्नो पार्टी कसैका कारण नफुट्ने दाबी गरे । ‘जनता समाजवादी पार्टी एक ढिक्का छ। कसैको कारणले फुट्ने वाला छैनौं। कुनै लोभ लालचमा फस्ने वाला छैनौं। मुलुक अगाडि बढाउन सही समयमा सही निर्णय लिन्छौँ’, बैठकमा यादवले भने ।

 

प्रतिक्रिया दिनुहोस्