Logo
Logo

‘सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?’


दृष्टि संवाददाता


काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकामा प्रश्न उठाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘प्रतिनिधिसभा विघटनको निर्णय अदालतले बदर गरेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरे । उनले नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने समेत बताए ।
‘प्रधानमन्त्रीका् कदम असंवैधानिक हो भनेर न्यायपालिकाले निर्णय गरेपछि सरकारको निर्णय खारेज गरेपछि, विधिको शासन मान्छौँ र संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?’ उनको प्रश्न छ ।
संविधानको रक्षा गर्नु सरकारको पहिलो काम भएपनि प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेदेखि निरन्तर रुपमा संविधानमाथि प्रहार सुरु भएको नेता खाँडले बताए ।

प्रतिक्रिया दिनुहोस्