Logo
Logo

एमसीसी पारित गर्ने सर्त र भारतको स्वार्थमा संसद् पुनःस्थापना गरिएको भन्ने सुनिन्छ : प्रेम सुवाल


दृष्टि संवाददाता

18.8k
Shares

काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले भारतको स्वार्थ र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना गरिएको भन्ने सुनिएकाे बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद् सुवालले कालापानी लगायतका भूमिमा नेपालले कहिल्यै दाबी नगर्ने र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना भएको भन्ने अनुमान गरिएको बताए।

‘कालापाली, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालले कहिले दाबी नउठाउने र एमसीसी पारित गर्ने सर्तमा भारतको संलग्नतामा प्रतिनिधिसभा पुनःस्थापना गरिएको भन्ने सुनिन्छ। नेपालमा अब भारत अनुकूलको सरकार हुने नि बताइयो,’ उनले भने, ‘यस्तो देशघाती काम नेपाली जनतालाई स्वीकार हुने छैन।’

सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिँदा देश अस्थिरतातिर जाने आफ्नो पार्टीका धारणा रहेको समेत बताएका थिए।

प्रतिक्रिया दिनुहोस्