Logo
Logo

ओलीप्रति व्यंग्य गर्दै माधव नेपालले भने – ‘छिट्टै हामी बालुवाटारमा हुनेछौँ’ (भिडियोसहित )


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीको व्यक्तिबाद र बिचलनले धेरै बिगारेको भन्दै अहिलेको लडाई बिचारको भएको दावी गरेका छन् ।

शुक्रबार काठमाडौंमा अखिल नेपााल महिला संघको राष्ट्रिय कार्यकता भेलामा नेता नेपालले ओली सिद्धान्त निष्ट र आदर्शप्रति समर्पित हुन नसकेकाले आफू बिचारको लडाई लड्न बाध्य भएको बताएका हुन् । उनले अहिले क्रान्तिकारी पार्टी वा व्यक्तिवादी पार्टी बनाउने लडाइ भएको भन्दै पद वा जुँगाको लडाइ नभएको पनि बताए ।

उनले ओलीको घमण्डकै कारण देश र पार्टी बिग्रेको आरोप लगाउनुभयो । उहाले समाजको परिवर्तन नै आफुहरुको मूल लक्ष्य भएको तर्क गरे । ओलीले ठीक ढंगले पार्टी नचलाएकोले आफूले विरोध गरेको उनको भनाई छ । त्यस्तै उनले ओलीप्रति व्यंग्य गर्दै आफू छिट्टै बालुवाटारमा हुने दावी गरे ।

‘अरु कुराको धाक नदेखाए हुन्छ हाम्रो सामु । अनि उसले हिजो व्यंग्य गर्दै भनेको छ । हामी यहाँ छौँ भनेर माइतीघरमा बसेका रहेछन् । हामी त यहीँ छौँ नि यहाँ । कालिमाटीमा भन्यो कालिमाटीमा छौँ । सानेपामा भन्यो सानेपामा छौँ । माइतीघर मण्डला भन्यो माइतीघर मण्डलामा छौँ । भेलि हेर्नुहोला बालुवाटारमा हामी नै हुनेछौँ ।’

उनले अव नेकपा एमालेलाई जनताप्रति समर्पित गर्दै सशक्त ढंगले समाजवादको बाटोमा अघि बढाउने उल्लेख गरे ।

भिडियाे :

 

प्रतिक्रिया दिनुहोस्