Logo
Logo

एक हजारको कफीलाई ४० हजारमा बिक्रि गर्ने दुई पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, ६ चैत
ग्रिन कफीको नाममा ठगी गर्ने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको छ । रसियन नागरिक इगोर कुट्स र नयाँबजारका आशिष महर्जनलाई ब्यूरोले पक्राउ गरेको हो ।


उनीहरुले ग्रिन कफीको नियमित सेवनले मोटोपन घटाउने भन्दै भ्रमपूर्ण विज्ञापन गरेर ठगी गर्दै आएको सिआइबीले जनाएको छ । प्रतिकेजी नौ सय ७० रुपैयाँमा नेपालकै ग्रिन कफी खरिद गरेर उनीहरुले किलोको २० देखि ४० हजार रुपैयाँसम्म बिक्रि गर्दै आएका थिए । खुशीवुस्थित टिम वान सप्लायर्समार्फत ग्रिन कफी बिक्रि गर्दै आएका थिए । यस्तो कफीको नियमित सेवनबाट कुनै डाइटिङ र विना व्यायाम सातामा १३ किलोसम्म घट्ने भन्दै भ्रममा पारेर ठगी गरेका थिए ।
सिआइबीका एसपी गंगा पन्तका अनुसार यस्तो ठगीमा अन्तर्राष्ट्रिय नेटवर्क देखिएको छ । रसिया र भारतमा समेत यसैगरी झुक्याएर ठगी हुने गरेको सिआइबीको छानबिनमा खुलेको हो । पक्राउ परेका रसियन नागरिकबाट बिटक्वाइन माइनिङमा प्रयोग हुने उपकरण समेत बरामद भएको सिआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्