Logo
Logo

माधव नेपाल पक्षको युवा संघकाे भेला चैत ७ मा


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । नेकपा (एमाले) निकट युवा संघ नेपालले चैत्र ७ गते राष्ट्रिय कार्यकर्ताको भेला गर्ने भएको छ । युवा संघ माधव कुमार नेपाल समूहले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गते राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री नेपालले उद्घाटन गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत्र ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पुर्ण तयारी पूरा भएको बताए । देशमा विकसित भएको राजनीतिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको संयोजक शाहीले बताए ।

उनले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृसंगठनका कमिटीहरुमा त्यसको प्रभाव परेको बताए । अदालतको निर्णयले पाटी र भातृसंगठनलाई ३ जेठ २०७५ भन्दा अगाडी पुर्याएको उनको भनाइ छ ।

भेलामा केन्द्रिय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख लगायतको पदाधिकारीहरुको सहभागिता हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्