Logo
Logo

प्रतिनिधिसभामा सबैभन्दा धेरै दिन गयल हुनेमा कांग्रेस सांसद


प्रदीपराज दाहाल


काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाको बैठकमा गयल हुने सांसदको नामावली सार्वजनिक गरेको छ । सविचालयले उपलब्ध गराएको विवरण अनुसार ११ सांसद सबैभन्दा धेरै गयल हुनेमा परेका छन् । गयल हुने त ठीकै हो । तर, अधिकांश बिरामी भएर उपचार गर्न र पर्व मनाउन भनेर बिदा बसेको देखिएको छ ।

यि हुन् प्रतिनिधिसभाको बैठकमा गयल हुने ११ सांसद :

१. नेपाली कांग्रेसका सांसद नागेन्द्र कुमार
अनुपस्थित बैठक संख्या : २५
गयल हुनुको कारण : अस्वस्थ

२. नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसी (स्वर्गीय)
अनुपस्थित बैठक संख्या : २१

३. नेकपा एमालेका सांसद नवीना लामा
अनुपस्थित बैठक संख्या : १९
गयल हुनुको कारण : उपचारका लागि भारत

४. नेकपा एमालेका सांसद कलिला खातुन
अनुपस्थित बैठक संख्या : १७
गयल हुनुको कारण : इद मनाउन बिदा

५. माओवादी केन्द्रका सांसद यशोदा सुवेदी गुरुङ
अनुपस्थित बैठक संख्या : १४
गयल हुनुको कारण : अस्वस्थ

६. माओवादी केन्द्रका सांसद निर्जला राउत
अनुपस्थित बैठक संख्या : १४
गयल हुनुको कारण : अस्वस्थ

७. माओवादी केन्द्रका सांसद सुरेशचन्द्र दास
अनुपस्थित बैठक संख्या : १३
गयल हुनुको कारण : सांसद विकास कार्यक्रमले जिल्लामा गएकाले

८. नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्ना
अनुपस्थित बैठक संख्या : ११
गयल हुनुको कारण : घरायसी काम

९. नेपाली कांग्रेसका सांसद महेन्द्रकुमारी लिम्बू
अनुपस्थित बैठक संख्या : ११
गयल हुनुको कारण : विदेशमा औषधि उपचार

१०. जसपाका सांसद रुही नाज
अनुपस्थित बैठक संख्या : ११
गयल हुनुको कारण : रमजान पर्व मनाउन बिदा

११. नेकपा एमालेका सांसद केदार सिग्देल
अनुपस्थित बैठक संख्या : १०
गयल हुनुको कारण : घरायसी काम

यि ११ मध्ये कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन भइसकेको छ । बाँकी १० सांसद औषधि उपचार, घरायसी त कोही पर्व मनाउन बिदा बसे ।

आफ्नो समस्या समाधान गर्ने, कानून निर्माण गर्ने लगायतको कर्तव्य पूरा गर्न भनि नागरिकले चुनेर पठाएका सांसदको अनुपस्थिति र त्यस पछाडिको कारणले, के नागरिकको हरेक समस्याको समाधान होला त ? भन्ने प्रश्न नागरिक स्तरबाट आउन थालेको छ ।

हो, मानिस हो । कहिले बिरामी हुन पनि सकिएला । तर, पर्वका लागि बिदा लिएर जानुपर्ने अवस्था सृजना हुने भएपछि कसरी नागरिकको समस्या सुन्न सांसदहरूलाई फुर्सद छ र ? भन्दै सामाजिक सञ्जालमा व्यंग्य पनि भइरहेको छ । सामाजिक सञ्जालमा देखिएका व्यंग्य कसैले यि सांसदहरू समक्ष पु¥याइदिए भने पनि अर्को पटकदेखि बैठकमा अनुपस्थित हुने क्रम घट्ने थियाे कि ? नागरिकले प्रश्न गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्