Logo
Logo

बानेश्वरमा माधव-झलनाथ समूहको स्थायी कमिटी वैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी समिति बैठक बानेश्वरमा जारी छ ।

आज (शुक्रबार) साँझ साढे ५ बजेबाट बानेश्वरस्थित अर्याल होटलमा नेपाल–खनाल समूहको स्थायी कमिटी बसिरहेको छ । बैठकमा राष्ट्रिय कार्यकर्ता भेलाको समीक्षा, समसामयिक राजनीतिक विषय, पार्टीभित्रको विवाद आदिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

‘स्थायी कमिटीको अनौपचारिक बैठक बसिरहेको छ । समसामयिक राजनीतिक विषय, पार्टीभित्रको विवाद आदि विषयमा छलफल हुनेछ’, एक नेताले भने । तर उनले भोलि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भने सहभागी नहुने जानकारी दिएका छन् ।

‘भोलिको बैठकको विषयमा छलफल त हुन्छ, अहिलेसम्म बैठकमा नजाने भन्ने नै छ’, उनले भने । ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटीको बैठक डाकेर, महाधिवेशनको मिति घोषण गर्ने, केन्द्रीय सदस्य थप गर्ने, पदाधिकारी बर्खास्त गर्ने लगायतका निर्णय गरेपछि एमाले विभाजनतर्फ अघि बढिरहेको छ । नेपाल–खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत सम्पन्न गरिसकेको छ । यस्तै आज महिला संघको भेला भएको छ ।

प्रतिक्रिया दिनुहोस्