Logo
Logo

२ सय भन्दा धेरै व्यापारी एमाले प्रवेश


दृष्टि संवाददाता


काठमाडौं, ६ चैत ।
दुई सय भन्दा धेरै व्यापारीहरु एमाले प्रवेश गरेका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरु एमाले प्रवेश  गरेका  हुन्।


प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले उनीहरुलाई बालुवाटार बोलाएर एमाले प्रवेश गराएका  हुन् । कार्यक्रममा बोल्दै दुगडले एमाले प्रवेश गर्न चाहने २ सय ३५ पुगेको बताए । तर, धेरैलाई छलफलमा भनेर बोलाइएको स्रोत बताउँछ । पार्टी प्रवेश गर्न लागेकामध्ये कतिपयमाथि राजश्व छलीमा छानबिन भइरहेको छ । सो मुद्दा मिलाउने प्रलोभन दिएर दुगडले केहीलाई पार्टी प्रवेश गराइएकाे ५ ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग हालै पराजित भएका किशोर प्रधान पनि एमालेमा आबद्ध भएका छन् ।

ललित अग्रवाल, ओम प्रकाश वंशल, हितेश गोल्छा, अजय सरावगी, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत लगायत पार्टी प्रवेश गरेका हुन् ।

सुरेन्द्र श्रेष्ठ, सरस्वती खत्री, किशोर लोहिया, नवीन खान, अनिलकुमार बंशल, जीवन दारुका, पिताम्बर हरलाल्का, मुकेश महेश्वरी, प्रेम पाण्डे, दिलिप जैन, नरेश कुमार सरिया पनि प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गरेका नरेन्द्र गुप्ता रिद्धिसिद्धि ज्वेलर्सका मालिक हुन् । उनीमाथि सुन तस्करीको अभियोग लाग्दै आएको छ ।

त्यस्तै पाइला समूहका युवाहरु समेत एमालेमा आबद्ध भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्