Logo
Logo

प्रतिनिधसभामा सत्तापक्ष र प्रतिपक्षको एकै श्वर, प्रधानमन्त्रीको राजीनामा माग


दृष्टि संवाददाता


काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षी र प्रतिपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एवं सत्तापक्ष माओवादी केन्द्रका सांसदहरूले ओलीको राजीनामा माग गरेका हुन् ।

बैठकमा कांग्रेसकाे प्रतिनिधित्व गर्दै मुख्य सचेतक बालकृष्ण खाँणले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिसकेपछि विघटनको सिफारिस गर्ने प्रधानमन्त्री ओलीले नैतिक दायित्व लिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरिन्। ‘विधिको शासन मान्ने हो भने प्रधानमन्त्रीले नैतिक दायित्व लिएर मार्ग प्रशस्त गर्नु पर्छ कि पर्दैन ?’, उनकाे प्रश्न छ ।

यस्तै नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै सांसद पम्फा भुषालले ओलीकै सरकारका कानुन मन्त्री शेरबहादुर तामाङले बोलेको आधारमा र सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोडको भ्रष्टचारको आरोपमा राजीनामा दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीमा त्यति पनि नैतिकता नदेखिएको टिप्पणी गरिन् ।

फागुन ११ को फैसलापछि ओलीले नैतिकता देखाउँछन कि भन्ने लागे पनि राजनीतिलाई बदनाम गराउन प्रधानमन्त्री अग्रसर भएको आरोप लगाइन् । भारतले दिएको कोरोनाको खोप स्वीकार गरेको तर, चीनले उपहारमा दिएको खोप किन नल्याएको भन्दै उहाँले सन्तुलित विदेश नीतिबारे प्रस्ट हुन पनि आग्रह गरे ।

बैठकमा जसपा सांसद राजकिशोर यादवले सिके राउत र विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने सरकारले रेशम चौधरीलाई किन रिहाइ गर्न नसकेको भन्दै प्रश्न गरे। उgले संविधान संशोधन, रेशम चौधरीको मुद्दा अघि सारेर सरकारमा जान खोजेको भनेर गलत प्रचार गर्दै आफूहरूलाई बद्नाम नगर्न आग्रह गरे ।

शुक्रबारको बैठकमा सांसदहरू दुर्गा पौडेल र प्रेम सुवालले पनि धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्