Logo
Logo

केपी ओली हटाउने साँचो जनता समाजवादी पार्टीसँग छ : मिनेन्द्र रिजाल


दृष्टि संवाददाता

315
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली हटाउने साँचो जनता समाजवादी पार्टीसँग रहेको दावी गरेका छन् ।

शुुक्रवार संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता रिजालले सत्ता समीकरणका लागि जनता समाजवादी पार्टीको भुमिका महत्वपूर्ण हुने भन्दै कांग्रेस नेतृत्वमा सरकार बनाउन जसपा तयार भए कांग्रेस तयार रहेको बताएका हुन् ।

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरु रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा गर्नेलाई समर्थन गर्ने बताए ।

सांसद कार्कीले जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरे जसपाको राजनीतिक भविष्य राम्रो नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्