Logo
Logo

संसदीय सुनुवाइमा चुडालकाे जवाफ, ‘सेटिङको कुरा आफैंमा बेठीक’


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश कुमार चुडालले अदालतमा हुने भनिएको सेटिङमा आफू नपर्ने बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।
उनले व्यक्तिगत रुपमा सेटिङमा नपर्ने भन्दै त्यस्ता सेटिङ रोक्नका आफूले भूमिका निर्वाह गने सुनाए । उनले भने, ‘विश्वभर नै जुडिसरीमा भ्रष्टाचार नै हुँदैन भन्ने मान्यता छ । सेटिङको कुरा आफैंमा बेठीक छ ।’
अहिले उच्च अदालतमा मुख्य न्यायाधीश र सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दा कुन न्यायाधीशले हेर्ने भनी तोक्ने गरेको भन्दै त्यसलाई अटोमेसन प्रविधिमा लगेपछि प्रश्न नउठ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्