Logo
Logo

विपक्षी गठबन्धनको बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि नेताहरुले चर्को विरोध जनाएका छन् ।

प्रतिनिधिसभा विघटन भएर मध्यावधि निर्वाचन घोषणापछिको रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै छ । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्न लागेको भन्दै गठबन्धनले प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले लगायतले विरोध गरेको छ । विहान ११ बजे संसद भवनमा संयुक्त बैठक बस्न लागेको कांग्रेसका नेता बालकृष्ण खाँडले बताए । बैठकमा राष्ट्रिय जनमोर्चामा पनि सहभागी हुने बताइएको छ ।

गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरहवादुर देउवालाई प्रधानमन्त्रीमा अघि सारिएको थियो ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्