Logo
Logo

राष्ट्रपतिबाट बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी


दृष्टि संवाददाता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी गरेकी छन् ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । आज अर्थमन्त्री विष्णु पौडेलले सिंहदबारबाट चार बजे आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्