देश छाडेका राष्ट्रपति घानीले भने- ‘अफगानिस्तान अब तालिवानको जिम्मामा’ « Drishti News – Nepalese News Portal
Logo

देश छाडेका राष्ट्रपति घानीले भने- ‘अफगानिस्तान अब तालिवानको जिम्मामा’


दृष्टि संवाददाता


काठमाडौं । देश छोडेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् ।

घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख पनि बताएका छन् ।

देश छोडेपछि पहिलो टिप्पणीमा उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ ।’

यस्तै उनले भनेका छन्, ‘राजधानी छोड्नु मेरो लागि कठिन निर्णय थियो । आइतबार म निकै सकसमा परेको थिएँ । तालिवानका लडाकु राष्ट्रपति भवनमा पस्न उद्यत थिए । म उनीहरुको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक, जसका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पेको छु, त्यसलाई नै त्यागौं । अन्ततः मैले रगतको भेल निम्त्याउन चाहिनँ ।’

‘उनीहरु अब नयाँ ऐतिहासिक परीक्षामा छन् । या त उनीहरुले अफगानिस्तानको नाम र सम्मानलाई रक्षा गर्ने छन् या अन्य स्थान र नेटवर्कहरुलाई प्राथमिकता दिनेछन्,’ उनले भने ।

तर आफू कहाँ छु भन्ने घानीले खुलाएका छैनन् । केहि सञ्चारमाध्यमले भने उनी ताजीकिस्तानमा रहेको बताइरहेको छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्