Logo
Logo

कुन्ती शाही राप्रपाको महामन्त्रीमा विजयी, रेखा थापा पराजित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् ।

थापाले कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।

यस्तै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले कमल थापालाई २ सय मत अन्तरले हराउँदै राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्