Logo
Logo

अर्थ मन्त्रालयको निर्देशनपछि बाहिरियो अर्बौँ निक्षेप



काठमाडौं । स्थानीय तहको रकम निक्षेपमा गणना गर्न नपाउने अर्थ मन्त्रालयको निर्देशनसँगै बैङ्कहरूबाट ठूलो निक्षेप बाहिरिएको छ । यसअघि अर्थ मन्त्रालयले नै दिएको स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने सुविधा कटौती गरेसँगै बैङ्कहरूबाट अर्बौँ निक्षेप बाहिरिएको हो ।

जसमध्ये सबैभन्दा धेरै निक्षेप एनआईसी एशिया बैंकबाट बाहिरिएको छ । अर्थको यस्तो निर्णयसँगै एनआईसी एशिया बैंकबाट २३ अर्ब ८९ करोड २४ लाख रुपैयाँ निक्षेप बाहिरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकबाट १६ अर्ब १७ करोड २० लाख रुपैयाँ निक्षेप बाहिरिँदा नेपाल बैंकबाट भने १२ अर्ब ४६ करोड १३ लाख रुपैयाँ निक्षेप बाहिरिएको छ ।

कृषि विकास बैंकबाट ७ अर्ब ३१ करोड ७४ लाख, ग्लोबल आइएमई बैंकबाट ५ अर्ब ४२ करोड ९७ लाख, ४ अर्ब ९९ करोड ३ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ४ अर्ब २३ करोड ३४ लाख रुपैयाँ निक्षेप बाहिरिएको छ ।

कुमारी बैंकबाट २ अर्ब ८५ करोड ४३ लाख, नबिल बैंकबाट २ अर्ब ८४ करोड ७० लाख, लक्ष्मी सनराइज बैंकबाट २ अर्ब ७८ करोड ७९ लाख, हिमालयन बैंकबाट २ अर्ब ५४ करोड ७ लाख रुपैयाँ, एनएमबी बैंकबाट २ अर्ब ३० करोड ७९ लाख, माछापुच्छ्रे बैंकबाट १ अर्ब ८१ करोड ६५ लाख, सिटिजन्स बैंकबाट १ अर्ब ६० करोड ६१ लाख र सिद्धार्थ बैंकबाट १ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ निक्षेप बाहिरिएको छ ।

यता सानिमा बैंकबाट १ अर्ब ५० करोड १७ लाख, प्राइम कमर्सियल बैंकबाट १ अर्ब १३ करोड १८ लाख, नेपाल एसबिआईबाट ९२ करोड ३२ लाख र एभरेष्ट बैंकबाट ७३ करोड ४७ लाख रुपैयाँ बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्