Logo
Logo

कर्णाली विकास बैङ्क घोटाला प्रकरण : १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस


189
Shares

काठमाडौं । कर्णाली विकास बैङ्क घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सीआईबीले अनुसन्धान प्रतिवेदन बाँके जिल्ला अदालतको सरकारी वकिल कार्यालयमा बुझाएको छ । केही दिनअघि मात्रै अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।

The current image has no alternative text. The file name is: karnali-bank.gif

जसको आधारमा बाँके जिल्ला अदालतमा मुद्दा दर्ता हुनेछ । सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरिसकेको छैन । अहिले अनुसन्धान प्रतिवेदन अध्ययनकै क्रममा रहेको छ । सीआईबीले चारजनालाई पक्राउ गरेको छ । जसमा राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पनि छन् । उनको खातामा बैङ्कबाट १० लाख ट्रान्सफर भएको भेटिएपछि पक्राउ गरिएको हो । 

अनुसन्धानमा बैङ्कको सवा तीन अर्ब घोटाला भएको र नक्कली ब्यालेन्स सर्टिफिकेट बनाएर अपचलन लुकाइएको खुलासा भएको छ । प्रमुख सेयरहोल्डर राजेन्द्रवीर राय, तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलगायतलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

बैङ्कको कोर बैंकिङ प्रणाली र खातामा ठूलो अन्तर देखिएको छ । जसमा राष्ट्र बैङ्कको अनुगमन टोलीले समेत गलत प्रतिवेदन दिएको सीआईबीको दाबी छ ।

यो पनि पढ्नुहोस्

यो पनि पढ्नुहोस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्