Logo
Logo

पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी माधव समूहको भेलामा


दृष्टि संवाददाता


काठमाडौं । सक्रिय राजनीतिबाट टाढा रहेका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी लामो समयपछि सर्वजनिक राजनीतिक कार्यक्रममा देखिएका छन् ।

कम्युनिष्ट नेतृत्वमा बिचलन आउन थालेपछि सक्रिय राजनीतिबाट टाढा रहेका अधिकारी बुधबार भने नेकपा एमाले ‘माधव–झलनाथ समूह’को राष्ट्रिय भेलामा देखा परेका हुन् । उनी माधव–झलनाथ समूहले सानेपामा आयोजना गरेको भेलामा सहभागी भए ।

पछिल्लो समय केपी शर्मा ओलीले गरेका हरेक गतिविधिमा खरो आलोचना गर्दै आएका अधिकारी ओलीसँग असहमत माधव–झलनाथ समूहको कार्यक्रममा सहभागी भएका हुन् । सटिक प्रतिकृया दिदैं अधिकारीले भने– ‘ओली कम्युनिष्ट आन्दोलनको नाममा कलंक भए । कम्युनिष्ट आन्दोलन जोगाउन ओलीविरुद्ध सबै कम्युनिष्ट लाड्नु पर्छ ।’

नेपाली कम्युनिष्ट आन्दोलनको एक महत्वपूर्ण हिस्सा मानिएको ‘झापा विद्रोह’का अगुवा अधिकारीले केही समय अगाडि दृष्टिन्यूजसँगको अन्तर्वार्तामा ‘ओली श्री ३ महाराज बन्ने सपना देख्दैछन्’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए ।

नेपालका नेल्सन मण्डेला भनेर चिनिने अधिकारी झापाका विद्रोहकै क्रममा पक्राउ परेपछि १७ वर्ष जेलजीवन व्यतीत गरेका छन् । अधिकारीसँगै वर्तमान प्रधानमन्त्री ओली पनि १४ वर्ष जेल बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्