Logo
Logo

राप्रपाको महामन्त्रीमा राणा विजयी, उपाध्यक्षमा पाण्डे, कसले कति ल्याए मत ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।

यस्तो छ मतपरिणम
राप्रपाको अध्यक्षमाविजयी लिङ्देनले १ हजार ८ सय १७ मत पाएका छन् । भने थापाले १ हजार ६ सय १७ मत पाएका छन् । त्यतै खुला उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मतसहित विजयी भएका छन् ।

बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत पाएका छन् । महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत सहित विजयी भएकी छन् । यस्तै महामन्त्रीमा डा. धवल शम्सेर राणा विजयी भएका छन् ।

नेपालगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका राणा राजेन्द्र लिङ्देन समूहबाट चुनाव लडेका थिए । राप्रपाको निर्वाचन समितिका अनुसार राणा २ हजार २ सय २१ मतसहित महामन्त्रीमा विजयी भएका छन् । महामन्त्रीका अर्का प्रत्यासी भुवन पाठकलाई १ हजार ७ सय ५ मत प्राप्त भएको थियो ।

महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी भएकी छन् भने अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।

केन्द्रीय सदस्यमा को भए विजयी ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्