Logo
Logo

कसले रोके कुलमानको नियुक्ति ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असोज । नेपाल विद्युत् प्राधिकरणको ३५ वर्षे इतिहासमा दुईजना कार्यकारी निर्देशक चर्चित रहे । पहिलो अजितनारायण सिंह थापा र अर्का कुलमान घिसिङ । अजित नारायण आम जनताकाबीच त्यति चर्चामा नरहे पनि उनको निर्णय क्षमता, स्वच्छता, इमानदारिता आज पनि प्राधिकरणका कर्मचारी वृत्तका लागि चर्चामा आउने गर्छ । कुलमानले चाहिं आम जनताको मन जित्न सफल भए । तर यो सफलता उनी एक्लैको प्रयासले हुँदै होइन भनेर स्वयं कुलमानले पनि स्वीकार गरिरहेका छन् । हिजो उनले प्राधिकरण, राजनीतिक वृत्त, कर्मचारीतन्त्र, गृह, प्रशासन लगायत सबै निकायको सहयोग लिए । सबैले सहयोग गरे । उनी एक्लैले गरेको होइन भनेर बारम्बार चार वर्षदेखि प्रष्टीकरण दिंदै आएका छन् । तर कुलमानविरोधीहरुले पनि उनी एक्लै आपैmले मात्र जस बटुले भन्ने दोष लगाइरहेका छन् । प्राधिकरणका हिजोका नालायक कार्यकारी निर्देशक, लोडसेडिङ बेचेर व्यापारीसित पैसा असुल्ने भाट प्रवृत्ति भएका कर्मचारी, कुलमानको ठाउँमा अर्काे हनुमान ल्याउन खोज्नेहरुले मात्र कुलमानले जस लिए भनेर एकतर्फी आरोप लगाउँदै आएका छन् ।

सतीले सरापेको देशमा असल कार्य, मुलुक र जनताको भलाई गर्ने व्यक्तिलाई कहिले पनि भलो भएको देखिएको छैन । जसरी असल नियत भएका राजनीतिक प्राणी कहिले पनि नेतृत्वमा आउन सक्दैनन् । उदाहरणका लागि तत्कालीन एमाले गणेश पण्डित र नेपाली कांग्रेसमा भीमबहादुर तामाङहरु कहिले पनि नेतृत्वमा आउन सकेनन् । उनीहरुलाई आउनै दिइएन । त्यसैगरी कर्मचारीतन्त्रमा पनि जाली, फटाहाहरुको हावी र बाहुल्य छ । निर्णय गर्ने दम भएकाहरु कहिले पनि अवसर पाएनन् ।

मुद्दा कसले जसले भन्ने नै होइन । मुद्दा हो कुलमानले किन निरन्तरता पाएनन् भन्ने हो । सतीले सरापेको देशमा असल कार्य, मुलुक र जनताको भलाई गर्ने व्यक्तिलाई कहिले पनि भलो भएको देखिएको छैन । जसरी असल नियत भएका राजनीतिक प्राणी कहिले पनि नेतृत्वमा आउन सक्दैनन् । उदाहरणका लागि तत्कालीन एमाले गणेश पण्डित र नेपाली कांग्रेसमा भीमबहादुर तामाङहरु कहिले पनि नेतृत्वमा आउन सकेनन् । उनीहरुलाई आउनै दिइएन । त्यसैगरी कर्मचारीतन्त्रमा पनि जाली, फटाहाहरुको हावी र बाहुल्य छ । निर्णय गर्ने दम भएकाहरु कहिले पनि अवसर पाएनन् । चाहे त्यो अख्तियारको प्रमुख आयुक्त होस् वा अन्य मन्त्रालयका सचिव नै । यस्तो किन हुन्छ भने नेताका नियत सही नभएका कारण । नेतालाई कसरी हुन्छ आप्mनो मान्छे भर्ती गर्ने, आप्mनो नभए कसले बढी कमीसन दिन्छ, त्यसलाई नियुक्त गर्ने चलन २०४८ सालदेखि गिरिजाप्रसाद कोइरालाले सिकाएका हुन् । आज सबै दल, चाहे त्यो हिजोको एमाले होस् वा माओवादी वा अहिलेको नेकपा । नेकपा सरकारले नियुक्त गरेका अनुहार र पात्रहरुले कोइरालाको शासनको झल्को अहिले पनि दिइरहेको छ ।

काम गरेर प्रमाणित भइसकेपछि पुनः प्रतिस्पर्धाको दरकार नै पर्दैन । एकथरि पाखण्डहरु कुलमानलाई पुनः नियुक्त गर्न कानुनले नै दिंदै भन्दैछन् । जबकि विद्युत् प्राधिकरण ऐन, २०४१ ले बाटोमा हिंडिरहेको व्यक्तिलाई समातेर मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक बनाउन सक्ने अधिकार दिएको छ । विगतमा डा. जनकलाल कर्माचार्य दुईपटक लगातार कार्यकारी निर्देशक बने । सधै पशुपति शमशेर जबरा (तत्कालीन जलस्रोत मन्त्री) को आशिर्वाद पाइरहने कीर्तिचन्द ठाकुर तीनपटक कार्यकारी निर्देशक भए । ठाकुरले खिम्ती र भोटेकोसीजस्ता राष्ट्रघाती पीपीए गरिदिएका कारण प्राधिकरणलाई न्यूनतम सय अर्ब रुपैयाँको क्षति पुग्यो । यी दुई विदेशी डलरवाला आयोजनालाई प्राधिकरणले अबको ३० वर्षसम्म डलर तिर्नुपर्छ । खिम्तीको आधा स्वामित्व प्राधिकरणमा आइसक्यो, तर भोटेकोसीमा छैन । यस्ता राष्ट्रघाती निर्णय गर्ने, सम्झौता गर्ने, प्रधानमन्त्री, ऊर्जा मन्त्रीहरुको पोल्टो भर्न सक्ने व्यक्तिको खोजीमा नेकपा रहेको कसैबाट लुकेको छैन । किनभने, कुलमानले कहिले पनि नेता र मन्त्रीलाई पैसा बुझाएन । नबुझाएको प्रमाण के हो भने स्वयं उनलाई नियुक्त गर्ने मन्त्रीले दबाव दिएर काम गराउने प्रयास गर्दा पनि कुलमानले मानेनन् ।

कुलमानको यही शैलीका कारण धेरै एजेन्ट, माफियाका दलालहरु उनीसँग रिसाएका छन् । कसैको सरुवा गरिदिएनन्, कसैको ठेक्का दिएनन्, कसैलाई कमीसन दिएन । त्यो झुन्ड आम सर्वसाधारण नागरिकभन्दा व्यापक शक्तिशाली छ । अहिले कुलमानको नियुक्ती रोकाउने प्रमुख व्यक्ति हुन् पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका हालका सल्लाहकार डा युवराज खतिवडा । खतिवडाकै कुरा सुनेर प्रधानमन्त्रीले उनको नियुक्ती रोकेको सबैलाई थाहा छ । कुनै एक व्यक्तिले कुलमानले पुनःनियुक्त भयो भन्दा तत्कालीन सरकारका प्रवक्तासमेत रहेका खतिवडाको प्रतिक्रिया यस्तो थियो— कुलमानलाई सामाजिक सञ्जालले नियुक्त गर्दैमा नियुक्ती हुन्छ ? सरकारका प्रवक्ताजस्तो व्यक्तिले भाषा यस्तो हुन्छ ? उनले त्यस्तो प्रतिक्रिया व्यक्त गर्नुको पछाडि उनीभित्र कुलमानप्रति व्याप्त रहेको रोष प्रकटीकरण मात्र भएको हो । स्रोतका अनुसार डा. खतिवडाले भनेका कतिपय कुरा कुलमानले मानेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्