Logo
Logo

गरिबको नाममा कम्पनि खोलेर पौनै दुई अर्बको कमाउने व्यापारी राजश्वको फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ फागुन ।
गरिब व्यक्तिहरुको नाममा कम्पनी खोलेर करोडौं कमाउने दुई व्यापारी पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले उनीहरुलाई पक्राउ गरी मुद्दा दायर गरेको छ । जय किशोर साह तथा मुकेश साहलाई विभागले पक्राउ गरेको हो।


विभागको बिज्ञप्तीमा भनिएको छ,‘ ज्याला मजदूरी गर्ने अनपढ व्यक्तिहरुलाई प्रलोभनमा पारी निजहरुको नाममा कम्पनी खोली त्यस्ता कम्पनिबाट वास्तविक रुपमा मालबस्तुको खरिद बिक्री कारोबार नै नगरी झुट्टा बिजक जारी गरी राजस्व चुहावट गरेको ।कम्पनीको दर्तावाला व्यक्ति र अन्य कुनै एक आफू नियन्त्रित व्यक्तिलाई कर्मचारीकोरुपमा राखी खाता संचालन गर्न लगाई संगठितरुपमा राजस्व चुहावट गरेको पाइयो ।
प्रतिवादीहरु जय किशोर साह तथा मुकेश साह समेतले विभिन्न व्यक्तिहरुको नाममा ब्यापारिक फर्म दर्ता गरी गराई निजहरु सम्बद्ध तपशिलको तालिकामा उल्लेख भएका फर्महरु मार्फत् झुट्टा तथा नक्कली कर विजक जारीगरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको प्रमाणित भएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ (क), (ख)र (घ)बमोजिमको कसुर गरेको देखिएकाले मूल्य अभिवृद्धि कर ऐन, २०५२ वमोजिम दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर, सोही ऐनको दफा २९ (१ग) र २९ (२) वमोजिमको जरिवाना ऐ ऐनको दफा १९ बमोजिमको थप दस्तुर र ऐ ऐनको दफा २६ वमोजिमको ब्याज रु.६५,४४,२८,२३७।( (अक्षरुपीः पैसठी करोड चौवालिस लाख आठ्ठाईस हजार दुई सय सैतिस मात्र) तथा आयकर ऐन, २०५८ को दफा ४ सँग सम्बन्धित अनुसूची १ को दफा २(१) बमोजिम करयोग्य आयमा २५ प्रतिशतको दरले दाखिला गर्नुपर्ने आयकर, सोहि ऐनको दफा १२०(ख) बमोजिम शुल्क,दफा ११८ र ११९ बमोजिम ब्याज समेतले हुने जम्मा रु.१,०९,९९,८१,९९३।( (अक्षरुपीः एक अर्ब नौ करोड उनान्सय लाख एकासी हजार नौं सय तिरानाब्बे रुपैंया मात्र) राजस्व चुहावट गरेकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ को दफा (२) (छ १) बमोजिम रु.१,७५,४४,१०,२३०।( (अक्षरुपीः एक अर्व पचहत्तर करोड चवालिस लाख दश हजार दुई सय तीस मात्र) बिगो कायम गरी निज प्रतिवादीलाई बिगो बापतको रकम असुल गरी सोहि ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बर सम्म जरिवाना र तीन वर्ष सम्म कैद सजाय मागदावी गरी काठमाण्डौ जिल्ला अदालतमा मिति २०७५।०९।१९ मा मुद्दा दायर गरिएको छ ।’


यी हुन् उनीहरुले खोलेका कम्पनि-

सि.नं. स्था.ले.नं. फर्मको नाम आयकरमा कायमहुने विगो रकम रू. मू.अ.करमा कायम हुने विगो रकम रू. जम्मा कायमम हुने बिगो सम्बन्धित प्रतिवादीहरु
६०४३९१५९१ डि.जे. प्रोलिंक ट्रेड प्रा.लि. संचालकः रमेश मुखिया ७६१६९५४२ ४२५७३१४२ ११८७४२६८४ जय किशोर साह
परमेश्वर साह
रमेश मुखिया
६०४३९१६०७ रेशम ट्रेड एण्ड सप्लायर्स प्रा.लि. संचालकःरमेश मुखिया ८३६९४६१२ ४५८४३७७८ १२९५३८३९० जय किशोर साह
परमेश्वर साह
रमेश मुखिया
६०६८५०३७५ सुप्रिम बिजनेश ट्रेड लिङ्क प्रा.लि. संचालकःतेजमुल अन्सारी ६६७०६९९३ ३६३३१६०७ १०३०३८६०० जय किशोर साह
परमेश्वर साह
तेजमुल अन्सारी
६०६८६१७२८ कामना ‍ ट्रेड एण्ड सप्लायर्स प्रा.लि. संचालकःरिजवान अन्सारी ५४२८०२३३ २९७५४१६९ ८४०३४४०२ जय किशोर साह
परमेश्वर साह
रिजवान अन्सारी
६०६८०४३०१ क्यामरी इण्टरनेशनल प्रा.लि. संचालकःरुस्तम देवान ५७८१९६२८ ३०७३७२६९ ८८५५६८९७ जय किशोर साह
परमेश्वर साह
रुस्तम देवान
६०६८५०५५५ वर्ल्ड स्टार ट्रेड प्रा.लि. संचालकःतेजमुल अन्सारी   ३४१६८८३१ १८८६६४३८ ५३०३५२६९ जय किशोर साह
परमेश्वर साह
तेजमुल अन्सारी
६०४३७९३०६ श्री राईडर ईन्टरनेशनल प्रा. लि. संचालकःशोयव अन्सारी ५२७४१२९५ २९२३६८६९ ८१९७८१६४ जय किशोर साह
परमेश्वर साह
शोयव अन्सारी
६०४३०९३२१ दिप सन इन्टरप्राइजेज प्रा. लि. संचालकःओहाव मिया अन्सारी ५८६०४६११ ३३२७६०८२ ९१८८०६९३ जय किशोर साह
सुर्यजित प्रसाद  साह
ओहाव मिया अन्सारी
 
६०४३०९३५० एक्साईटा ट्रेडर्स प्रा. लि. संचालकःओहाव मिया अन्सारी ९४७०९००१ ५२९६७९८४ १४७६७६९८५ जय किशोर साह
परमेश्वर साह
ओहाव मिया अन्सारी
१० ६०४२७२७०४ ब्रोन्जी ट्रेड प्रा. लि. संचालकःनविकरिम अन्सारी ९७४३८३१० ५४९३३७७३ १५२३७२०८३ जय किशोर साह
सुर्यजित प्रसाद साह
नविकरिम अन्सारी
११ ६०२४१०४२७ इवन इन्टरनेशनल प्रा. लि. संचालकःनरेन्द्र कुमार महतो ६८६७०९५४ ४३२६८२१५ १११९३९१६९ जय किशोर साह
सुबोध साह
नरेन्द्र कुमार महतो
१२ ६०४३७९३२२ ईन्टेल ईन्टरनेशनल प्रा. लि. संचालकःशोयव अन्सारी ८६०२५२८६ ४७९९१९६१ १३४०१७२४७ जय किशोर साह
परमेश्वर
शोयव अन्सारी
१३ ६०६६२९६१८ जस्मिन सप्लायर्स प्रा.लि. संचालकःहरि नारायण साह तुरहा ४६१६११६ ४५९३१५० ९२०९२६६ जय किशोर साह
सुबोध साह
हरि नारायण साह तुरहा 
१४ ६०६६५२१३७ माउण्ट पिक इण्टरनेशनल संचालकःचन्दन कुमार साह कानु १६२५८०८७ १६१७७२०१ ३२४३५२८८ जय किशोर साह
प्रदिप साह
चन्दन कुमार साह कानु
१५ ६०६६२९३३५ जानकीदेवी सप्लायर्स प्रा.लि. संचालकःसुनिल साह तुरहा ७०१७०११ ६९८२१०० १३९९९१११ जय किशोर साह
सुबोध साह
सुनिल साह तुरहा
१६ ६०६६५२१६६ शुभ लाभ ट्रेडर्स प्रा.लि. संचालकःचन्दन कुमार साह कानु ८१६१२२४ ८१२०६२१ १६२८१८४५ जय किशोर साह
प्रदिप साह
चन्दन कुमार साह कानु
१७ ६०६७४७०८४ वे टु वे बिजिनेस लिंक प्रा. लि. संचालकः गोपाल प्रसाद यादव ३६५६८७११ १९४९०९६५ ५६०५९६७६ मुकेश कुमार झा
परमेश्वर साह
गोपाल प्रसाद यादव
१८ ६०६७४६८१४ अन दि वे ट्रेड प्रा.लि. संचालकःगोपाल प्रसाद यादव ३९८७०३४६ २१३१५२५४ ६११८५६०० मुकेश कुमार झा
परमेश्वर साह
गोपाल प्रसाद यादव
१९ ६०७६९७४१० लक्की ट्रेड एण्ड सप्लायर्स प्रा.लि. संचालकःसद्दाम हुसेन अन्सारी ३३८८८७४८ १८४५७९६५ ५२३४६७१३ मुकेश कुमार झा
परमेश्वर साह
सद्दाम हुसेन अन्सारी
२० ६०७६९७३७५ गुडलक  ट्रेड एण्ड सप्लायर्स प्रा.लि. संचालकःसद्दाम हुसेन अन्सारी ३३२४४९९५ १८१३००३४ ५१३७५०२९ मुकेश कुमार झा
परमेश्वर साह
सद्दाम हुसेन अन्सारी
२१ ६०६७५७५९५ डेफोडिल कन्सर्न प्रा.लि. संचालकःसोनालाल प्रसाद यादव २९१४८१६६ १५४९९७६५ ४४६४७९३१ मुकेश कुमार झा
परमेश्वर साह
सोनालाल प्रसाद यादव
२२ ६०६६४५३७१ दिक्षान्त ट्रेड प्रा.लि. संचालकःमानिर अन्सारी १२१६८६० १२१०८०६ २४२७६६६ मुकेश कुमार झा
परमेश्वर साह
मानिर अन्सारी
२३ ६०६६७२४३२ रोज विजनेश सप्लायर्स प्रा.लि. संचालकःरुस्तम अन्सारी २९४९३७४१ २९३४७००६ ५८८४०७४७ मुकेश कुमार झा
परमेश्वर साह
रुस्तम अन्सारी
२४ ६०६६७२२०७ ताभ्या इण्टरनेशनल सप्लायर्स प्रा.लि. संचालकःरुस्तम अन्सारी २९४६८६९२ २९३२२०८२ ५८७९०७७४ मुकेश कुमार झा
परमेश्वर साह
रुस्तम अन्सारी
जम्मा १०९९९८१९९३ ६५४४२८२३७ १७५४४१०२३०

प्रतिक्रिया दिनुहोस्