Logo
Logo

सिटिजन्स बैंकको प्रविधिमैत्री सेवा: ग्राहकलाई सहज, सुरक्षित र आधुनिक डिजिटल बैंकिङ सेवा


0
Shares

काठमाडौं । प्रविधिको विकाससँगै बैंकिङ सेवा पनि तीव्र रूपमा प्रविधिमैत्री बन्दै गएको छ । ग्राहकले लामो लाइन बस्नुपर्ने, शाखा धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने परम्परागत बैंकिङ प्रणालीमा परिवर्तन आएको छ । अहिले बैंकिङ सेवा ग्राहकको हातमै पुगेको छ । यही परिवर्तनलाई आत्मसात गर्दै विश्वकै प्रतिष्ठित अवार्ड ’बैंक अफ द ईयर २०२४’ र ’बैंक अफ द ईयर २०२५’ को उपाधि लगातार दुई वर्ष प्राप्त गर्न सफल सिटिजन्स् बैंक इन्टरनेशनलले आफ्ना ग्राहकलाई सहज, सुरक्षित र आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गर्दै सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपमार्फत विभिन्न सेवा प्रदान गरिरहेको छ । यस एप प्रयोग गरेर ग्राहकले खाताको विवरण हेर्न, एक खाताबाट अर्को खातामा रकम स्थानान्तरण गर्न, मोबाइल रिचार्ज गर्न, इन्टरनेट तथा अन्य बिल भुक्तानी गर्न सक्छन् । साथै क्यूआर कोड स्क्यान गरेर तुरुन्तै भुक्तानी गर्ने सुविधा पनि उपलब्ध छ ।
यसले ग्राहकलाई बैंकको शाखा पुग्नुपर्ने समय र झन्झट घटाएको छ । आजको व्यस्त जीवनशैलीमा मोबाइल बैंकिङ निकै प्रभावकारी बनेको छ ।


मोबाइल एपका अतिरिक्त सिटिजन्स बैंकले इन्टरनेट बैंकिङ सेवा पनि उपलब्ध गराएको छ । कम्प्युटर वा ल्यापटप प्रयोग गरेर ग्राहकले घर, कार्यालय वा जहाँसुकैबाट आफ्नो बैंक खाता सञ्चालन गर्न सक्छन् । इन्टरनेट बैंकिङमार्फत खाताको स्टेटमेन्ट हेर्ने, रकम ट्रान्सफर गर्ने, चेकबुक अनुरोध गर्ने लगायतका सेवा सहजै प्रयोग गर्न सकिन्छ ।

सिटिजन्स बैंकले ‘सिटिजन्स डिजिबैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरूलाई एउटै च्यानल मा केन्द्रित गरी बैंकका ग्राहकहरूलाई वेब र मोबाइलमार्पmत सहजीकरण गर्नु यसको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ । यस प्लेटफर्ममा बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरू (जस्तैः अनलाइन खाता खोल्ने, पान नम्बर अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस् सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिंक तथा कार्ड सम्बन्धी सेवाहरू) उपलब्ध छन् । डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई नवीनतम सेवाहरू दिने लक्ष्यका साथैे भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरू समावेश गर्दै लैजाने बैंकको लक्ष्य छ ।

सिटिजन्स जेनजी बचत खाता
सिटिजन्स बैंकले नवयुवालक्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई उत्कृष्ट सेवा–सुविधा उपलब्ध गराउने क्रममा सिटिजन्स जेनजी बचत खाता सञ्चालनमा ल्याएको छ । यस बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लाटफर्ममा सक्रियलाई उनीहरूको जीवनशैलीअनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

जेन–जी बचत खाता न्यूनतम १०० रुपैयाँमै खोल्न सकिनेछ भने वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । साथै, युवा ग्राहकको कारोबारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सी–आस्बा कमिसन तथा सी–आस्बा रेजिस्ट्रेसनजस्ता महत्वपूर्ण सेवा पहिलो वर्ष निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

त्यस्तै, एटिएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र पाँच सय रुपैयाँमै उपलब्ध हुने विशेष बन्डल्ड सुविधासमेत रहेको छ । यसले युवा ग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधाको पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

त्यसैगरी, ट्राभल कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउने बैंकको भनाइ छ । यो बचत खाता प्रयोगकर्तालाई पहिलो मोबाइल टपअपमा २५ प्रतिशत नगद फिर्तासमेत हुनेछ ।

क्यूआर भुक्तानी
नेपालमा पछिल्लो समय नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने अभियान तीव्र भइरहेको छ । सिटिजन्स बैंकले पनि क्यूआर भुक्तानी प्रणाली विस्तार गरेर डिजिटल कारोबारलाई सहज बनाएको छ । पसल, रेष्टुरेन्ट, होटल तथा विभिन्न सेवा प्रदायक स्थानमा क्यूआर कोड स्क्यान गरेर तुरुन्तै भुक्तानी गर्न सकिने भएकाले नगद बोक्ने आवश्यकता घटेको छ । यसले कारोबारलाई छिटो, सुरक्षित र पारदर्शी बनाएको छ ।

सुरक्षित कारोबार
डिजिटल बैंकिङको विस्तारसँगै सुरक्षा पनि अत्यन्त महत्वपूर्ण हुन्छ । सिटिजन्स बैंकले आफ्ना डिजिटल सेवामा सुरक्षित लगइन प्रणाली, वन–टाइम पासवर्ड (ओटिपी) लगायतका सुरक्षा प्रणाली प्रयोग गरेर ग्राहकको खातालाई सुरक्षित बनाएको छ । यसले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ सेवा प्रयोग गर्दा थप भरोसा दिलाएको छ ।

डिजिटल साक्षरता
डिजिटल सेवा प्रभावकारी बनाउन ग्राहकमा डिजिटल साक्षरता आवश्यक हुन्छ । यसलाई ध्यानमा राख्दै सिटिजन्स बैंकले ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्न प्रेरित गर्ने तथा आवश्यक जानकारी प्रदान गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसले ग्रामीण तथा अर्ध–सहरी क्षेत्रका ग्राहकलाई पनि डिजिटल बैंकिङतर्फ आकर्षित गरिरहेको छ ।

नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा पनि छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्