काठमाडौं, १९ मंसिर । चलचित्र ‘घरजम’को भव्य समारोहबीच काठमाडौंमा प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मूभिजमा बिहीबार आयोजित प्रिमियर शोमा दर्शकको उल्लेखनीय उपस्थिति थियो ।