Logo
Logo

दृष्टिविरूद्धको मुद्दा खारेज, क्रिष्टलले करोडौं कर छली गरेको पुष्टि


9.1k
Shares

काठमाडौं । क्रिष्टल बोटलर्स प्रा.लि.ले कर छली गरेर राज्यलाई पुर्याएको ठूलो आर्थिक नोक्सानीबारे दृष्टिन्यूज डटकमले लेखेको समाचारविरुद्ध परेको मुद्दा जिल्ला अदालत काठमाडौंले खारेज गरेको छ ।

समाचारको विषयलाई लिएर क्रिष्टलले दृष्टि मिडिया प्रा.लि., दृष्टिन्यूज डटकम र दृष्टिन्यूज डटकमका सम्पादक मिलन लिम्बूलाई विपक्षी बनाएर ‘गाली बेइज्जती’ मुद्दा दायर गरेको थियो ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उक्त मुद्दामा ‘दाबी नपुग्ने’ भन्दै खारेज गरेको हो ।  क्रिष्टलले दायर गरेको मुद्दाविरुद्ध अधिवक्ताद्वय मधुर पाठक र राजकुमार बैदवारले बहस गरेका थिए ।

भैरहवामा सञ्चालनमा रहेको क्रिष्टलले वर्षौँदेखि मदिरामा नक्कली स्टिकर प्रयोग गरेर राजश्व छली गर्दै आएको छ । यसैको विषयमा दृष्टिले समाचार लेख्दै आएको छ । क्रिष्टलका सञ्चालक फुलिसंह क्षेत्री हुन् ।

क्रिष्टलले दायर गरेको मुद्दामा दाबी नपुग्ने भन्दै जिल्ला अदालतले मुद्दा खारेज गरिदिएपछि क्रिष्टलले राजश्व छली गर्दै आएको थप पुष्टि भएको छ ।

क्रिष्टलको राजश्व छविबारे लेखिएका समाचारहरू–

प्रतिक्रिया दिनुहोस्